दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति ब्यवहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् ।
सोमबार बिहान गृहजिल्ला झापास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा दमक नगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहित भएको बताए ।
‘संघीय सरकारका मन्त्री, गृहसचिव तथा म घटनास्थलको स्थलगत अवलोकन गर्छु ।”प्रधानमन्त्री ओली”ले भने, पीडितलाई गर्नुपर्ने आवश्यक सहयोग गर्ने छु ।’
उनले घटनालगत्तै सरकारले पीडितको उद्दार तथा राहतमा खटिन आफ्ना सबै संयन्त्र परिचालन गरिसकेकाले थप गर्नुपर्ने कार्यहरु पनि गर्ने बताए ।