८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुको सूची सार्वजनिक (सूची सहित)

बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुको सूची सार्वजनिक (सूची सहित)
अ अ+ अ-

काठमाडौँ । आइतबार साँझको भीषण हावाहुरीबाट बारा र पर्सामा ज्यान गुमाउनेको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।
जसअनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका -बारा १. अच्छलाल माझी(५५) ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)- सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज छ.पर्सा जिल्ला १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)

।

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन रहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घरमाथि बिजुलीको पोल, रुख ढलेका छन् । चल्दै गरेका सवारी साधन दुर्घटना भएर मृत्यु भएको सुरक्षाकर्मीले बताएका छन्।

आँधीले बाराको फेटा गाउँपालिकामा धेरै ठूलो क्षति पुर्याएको बताइएको छ । त्यस गाउँपालिकाको वडा नं १ मा सबैभन्दा बढी क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार सो क्षेत्रमा पक्की घरको छाना नै आँधीले उडाएको छ । फेटा गाउँ पालिका र भर्वलियामा धेरै क्षति पुगेको छ । ती क्षेत्रमा रहेका करिब ३ हजार घरमध्ये करिब ८० प्रतिशत क्षति पुगेको स्थानीयको भनाई छ । त्यस्तै पुरैनियामा पनि त्यस्तै क्षति पुगेको छ ।

त्यस क्षेत्रमा पुगेको क्षतिको अवस्था हेर्दा त्यसअघि कहिल्यै त्यस्तो नभएको र आँधीले मात्र त्यस्तो हुन नसक्ने जस्तो देखिएको छ । रुखहरु उखिलिएका छन् भने पक्की घरै छाना उडाएको देखिन्छ । यसरी हेर्दा त्यहाँ भूकम्पले क्षति पुगेकोजस्तो देखिएको छ । घरहरु भूकम्पमाजस्तै भग्नावशेषमा परिणत भएका छन् । ठूलो संख्याका उद्धारकर्मीहरु त्यहाँ खटेका छन् ।


आँधीको कारण के हो ? अहिलेसम्म नेपालको तराई भूभागमा यस्तो आँधी आएको कसैलाई याद छैन ।

कहिलेकाहीँ आउने हावाहुरीले केही कच्ची घरका छाना उडाउने गरेको भए पनि यो रुपमा आँधी आएर यतिविधी क्षति भने पुर्याएको थिएन । स्थानीय बयोबृद्धहरुले पनि सो अनुभव सुनाइरहेका छन् । मौसम विद्हरुले भने हावाहुरीको लक्षण देखेका थिए तर यो रुपमा यति शक्तिशाली आँधी आउला भन्ने अनुमान भने उनीहरुले नगरेको बताउँछन् । यो के मौसम परिवर्तनको असर हो त भनी उठेको प्रश्नमा पनि उनीहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।