७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : आर्सनलद्धारा न्युक्यासल पराजित



अ+ अ-

काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन रमसी र एलेक्जेन्डर लेकाजेटले गोल गरे ।

खेलको ३० औं मिनेटमा रमसीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनकै गोलमा आर्सनलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा आर्सनलले अर्को गोल थप्दै जित हात पारेको हो ।

खेलको ८३ औं मिनेटमा आर्सनलले लेकाजेटको गोलबाट २(० गोलको जित हात पारेको हो ।

यो जितसँगै आर्सनल लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्सनलले टोटनहृयामलाई पछि पार्दै तेस्रो स्थानमा पुगेको हो । आर्सनलको ३१ खेलबाट ६३ अंक रहेको छ । यता, चौथो स्थानमा रहेको टोटनहृयामको भने समान खेलबाट ६१ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ३२ खेलबाट ७९ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको भने ३१ खेलबाट ७७ अंक छ ।