७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित



अ+ अ-

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक निकालेको छ। रेडक्रस सोसाइटीका अनुसार हाल अध्ययनले यति मात्रै प्रभावित रहेको देखाएको छ ।

रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालका अनुसार प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो । नेपालले भने, ‘आज पनि स्वयंसेवकहरु परिचालन गर्दैछौं, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ ।’