१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आश्वासन दिने प्रधानमन्त्री भन्दा धुर्मुस र रवि जाति !



अ+ अ-

पुरैनिया । हावाहुरी प्रभावित क्षेत्रमध्य सबैभन्दा बढी क्षति भएको बारा पुरैनियाका पीडित माझमा कलाकार सीताराम कट्टेल (धुर्मुस) र सञ्चारकर्मी रवि लामिछानेले राहत वितरण गर्न पुगेका छन् ।

फेटा गाउँपालिका–६ को पुरैनिया सोमबार दिउँसो धुर्मुसले ४ सय थान त्रिपाल, ९ क्विन्टल चामल र ४ सय कार्टुन चाउचाउ पुरैनियाका वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तारन्तरण गरे।

यसैगरी सञ्चारकर्मी रविले पनि पुरैनिया क्षेत्रमा राहत वितरण गरेका छन्। उनले सोमबार साँझ पुरैनिया क्षेत्रमा राहत वितरण गरेका हुन्।

संघीय सरकारले पनि हावाहुरी प्रभावित जिल्लामा त्रिपाल र कपडा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बारा शाखाले हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक निकालेको छ। अहिले पनि पिडितहरुलाई खान र बस्नको समस्या रहेको छ।

राजपाले पिडितहरुको लागि पाँच लाख आर्थिक सहयोग गरेको छ भने काँग्रेसले १० लाखको सहयोग गर्ने आश्वासन दिएको छ । यता नेकपाले भने एक दिनको तलव दिने घोषणा गरिसकेको छ ।