१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर १५ जना घाइते



अ+ अ-

अछाम । अछाममा हावाहुरीसँगै परेको चट्याङ लागेर १५ जना घाइते भएका छन् ।

सोमबार राति चट्याङ लागेर रामारोशन गाउँपालिका–५ स्थित चारजना र पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडामा ११ जना स्थानीय घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा स्थानीय १४ वर्षीय जगत बोहरा, १९ वर्षीय भिमपुरा दास, ५७ वर्षीय दिर्घे बिक, ४५ वर्षीया ललु बिक, ४० वर्षीया राधिका शाही, १५ वर्षीया कल्पना बोहरा र ५२ वर्षीय बलिराम दास छन् ।

घाइते १५ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही घाइतेको बयलपाटा अस्पताल र केहीको चिल्तडा स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।