१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगंज, बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले श्रीवास्तवलाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान गर्दा रू ३५,००० भ्रष्टाचार गरेको सप्रमाण पुष्टि भएको हो ।

उनले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको कानूनबमोजिमको चेकजाँच दस्तुर बुझाए पनि प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार चेक एवं गुणस्तर (ल्याब परीक्षण) लगायतको काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग्ने गरेको आयोगका सहायक प्रवक्ता मदन कोइराला बताए ।

श्रीवास्तव विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।