१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा सामान्य बन्दै जनजीवन, राहातको प्राथमिकता



अ+ अ-

काठमाडौं । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।

स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना (आवास) को आवश्यकता छ । स्थानीय तहका प्रमुखहरुले प्रदेश र केन्द्र सरकारले पीडित परिवारका लागि आवास बनाइदिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।

विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहुँ, मसुरो र रहरजस्ता बालीसमेत पूरै नष्ट भएको गोरखापत्र दैनिकमा खबर छ ।