१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बोतल अत्तरको मूल्य साढे १४ करोड



अ+ अ-

काठमाडौं । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो ।

यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।

यसका सर्जक विलासी अत्तरको बा्रन्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबईले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाइएको छ । यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएका छन् । कारोबार दैनिकमा खबर रहेको छ ।