१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो र चिसो हावाले बन्यो भुमरी



अ+ अ-

काठमाडौँ । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८।०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।”

यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउँछन् । “चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थपे, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलाठूला ढिक्काको असिना बन्यो ।” त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा पर्सामा ठूला असिना बर्षिएको उहाँले बताउनुभयो । हुन पनि असिनाको आकार पनि झण्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ ।

वायुमण्डलमा न्यून चापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्व्तिर बहन्छ । त्यही दिन बङ्गालको खाडीबाट साढे एककिलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तरपश्चिम हुँदै त्यहाँ पुग्यो । “भारतको मध्यप्रदेशको न्यून चापीय प्रणालीबाट खाली ठाउँ खोज्दै आएको थियो,” मौसमविद् मिन अर्यालले भने, “त्यहीबेला अरेबियन सागरको उच्च चापीय तातो वायु पनि त्यही गतिमा बारा पर्सा आइपुग्यो ।” यसरी आएको वायुको वेग झण्डै ७० किलोमिटर प्रतिघण्टा रहेको थियो ।

उनका अनुसार तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो । मौसमको त्यो चक्रले असिनासँगै आँधी मानव बस्तीमा वर्षियो । अर्यालले त्यो समयको अध्ययन भू–उपग्रहमा गरिरहँदा तस्बिरमा साना साना केही थोप्लाको सङ्केतमात्र देखिएको थियो । त्यसको उच्च प्रभाव थाहा पाए पनि नेपालमा स्थानीय मौसम अध्ययन गर्ने राडार अभावका कारण तत्कालै स्थान यकिन गर्न नसकिएको उनले स्पष्ट पारेको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।