१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईडबडी प्रकरण : प्रधानमन्त्री ओलीले पनि पैसा खाएको आरोप, डा.लोहनीले खोले पोल



अ+ अ-

काठमाडौँ । पूर्व अर्थमन्त्री एवम राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वाईडबडीमा खरिद गर्दा प्रधानमन्त्रीले पनि पैसा खाएका खाएको आरोप लगाएका छन् । लोहनी विमान खरिद प्रकरणमा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली शर्माको पनि ठूलो हात रहेको बताए ।

रेडियो कान्तिपुरसँग बुधबार बिहान कुराकानी गर्दै लोहनीले प्रधानमन्त्रीको समेत संलग्न रहेको आरोप लगाएका हुन् ।

लोहनीले भने,प्रधानमन्त्रीसहित सत्तारुढ र प्रतिपक्षी दलको मिलेमतोमा ५ अर्ब बढी रकम भ्रष्टाचार भएको छ ।

लोहनीले उक्त प्रकरणमा बदनाम हुने भन्दै आफ्नै सांसदहरु रहेको समितिले पनि उक्त कुरा लुकाएको आरोप लगाए । उनले समितिले गरेको निर्णयलाई बदनियतपुर्वक गुपचुप राखेर वर्तमान सरकारले प्रकरणलाई लुकाउन खोजेको आरोप समेत लगाएका छन् ।