९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

हावाहुरी प्रभावित क्षेत्रमा के गर्दैछन् रवि,धुर्मुस र डा. गोविन्द केसी ?

हावाहुरी प्रभावित क्षेत्रमा के गर्दैछन् रवि,धुर्मुस र डा. गोविन्द केसी ?
अ अ+ अ-

काठमाडौँ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको काठमाडौँ, वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिने सरकारले घोषणा गरेको छ । उद्धारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

घरमाथि बिजुलीको पोल, रुख ढलेका छन् । चल्दै गरेका सवारी साधन दुर्घटना भएर मृत्यु भएको सुरक्षाकर्मीले बताएका छन्।आँधीले बाराको फेटा गाउँपालिकामा धेरै ठूलो क्षति पुर्याएको बताइएको छ । त्यस गाउँपालिकाको वडा नं १ मा सबैभन्दा बढी क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

सो क्षेत्रमा पक्की घरको छाना नै आँधीले उडाएको छ । फेटा गाउँ पालिका र भर्वलियामा धेरै क्षति पुगेको छ । ती क्षेत्रमा रहेका करिब ३ हजार घरमध्ये करिब ८० प्रतिशत क्षति पुगेको स्थानीयको भनाई छ । त्यस्तै पुरैनियामा पनि त्यस्तै क्षति पुगेको छ ।

त्यस क्षेत्रमा पुगेको क्षतिको अवस्था हेर्दा त्यसअघि कहिल्यै त्यस्तो नभएको र आँधीले मात्र त्यस्तो हुन नसक्ने जस्तो देखिएको छ । रुखहरु उखिलिएका छन् भने पक्की घरै छाना उडाएको देखिन्छ । यसरी हेर्दा त्यहाँ भूकम्पले क्षति पुगेकोजस्तो देखिएको छ । घरहरु भूकम्पमाजस्तै भग्नावशेषमा परिणत भएका छन् । ठूलो संख्याका उद्धारकर्मीहरु त्यहाँ खटेका छन् ।

आँधीको कारण के हो ? अहिलेसम्म नेपालको तराई भूभागमा यस्तो आँधी आएको कसैलाई याद छैन ।


कहिलेकाहीँ आउने हावाहुरीले केही कच्ची घरका छाना उडाउने गरेको भए पनि यो रुपमा आँधी आएर यतिविधी क्षति भने पुर्याएको थिएन । स्थानीय बयोबृद्धहरुले पनि सो अनुभव सुनाइरहेका छन् ।

मौसम विद्हरुले भने हावाहुरीको लक्षण देखेका थिए तर यो रुपमा यति शक्तिशाली आँधी आउला भन्ने अनुमान भने उनीहरुले नगरेको बताउँछन् । यो के मौसम परिवर्तनको असर हो त भनी उठेको प्रश्नमा पनि उनीहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

धेरै जना घरवार बिहिन भएपछि बिभिन्न राहत सामग्रीहरु अहिले प्रभावित क्षेत्रमा लैजाने क्रम जारी रहेको छ । राहत कार्यक्रम लिएर सामान् भन्दा सामान्य व्यक्ति ेदखि नाम चलेका व्यक्तिसम्म पनि पुगेका छन् ।

अहिले सामाजिक संजालमा भाइरल भएका व्यक्तिहरुमा डाक्टर गोविन्द केसी, संचारकर्मी रवि लामिछाने र कलाकार सिताराम कटेल (धुर्मुस) पनि बिभिन्न राहत लिएर पुगेका छन् ।

के गर्दै छन् रवि लामिछाने ?

संचारकर्मी लामिछाने सोमबार साँझ पुरैनिया क्षेत्रमा पुगेका थिए । उनले सोमबार नै पुरैनिया क्षेत्रमा राहत वितरण गरेका थिए । उनले तत्काललाई चाहिने सामग्री चामल, चाउचाउ र अन्य कुरा पनि लगेका थिए ।

उनले हिजो मंलबार न्यूज २४ कार्यक्रममा आएर सहयोगमा जुट्न समेत आग्रह गरेका थिए ।

के गर्दै छन् सिताराम कटेल (धुर्मुस) ?
कलाकार तथा समाजसेवि कटेलपनि फेटा गाउँपालिका–६ को पुरैनिया पुगेका छन् । उनले सोमबार दिउँसो ४ सय थान त्रिपाल, ९ क्विन्टल चामल र ४ सय कार्टुन चाउचाउ पुरैनियाका वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तारन्तरण गरेका थिए।

के गर्दै छन् डा.केसी ?

डा.गोविन्द केसी पनि हावाहुरीबाट घाइते भएकाहरूको उपचार गर्न प्रभावित बारा जिल्ला पुगेका छन् । केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् ।

केसी सोमबार बारा गएका थिए । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो ।

संघीय सरकारले पनि हावाहुरी प्रभावित जिल्लामा त्रिपाल र कपडा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।
४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बारा शाखाले हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक निकालेको छ। अहिले पनि पिडितहरुलाई खान र बस्नको समस्या रहेको छ।

राजपाले पिडितहरुको लागि पाँच लाख आर्थिक सहयोग गरेको छ भने काँग्रेसले १० लाखको सहयोग गर्ने आश्वासन दिएको छ । यता नेकपाले भने एक दिनको तलव दिने घोषणा गरिसकेको छ ।