१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी ६० बर्ष माथिकालाई गोली हान्दैनौं : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको स्पष्ट पारेका छन् । उनले ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको बताए ।

काठमाडौँमा आजबाट सुरु भएको राष्ट्रिय विकास परिषदको दुईदिने बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको दावी गरेका छन् ।

आधिनायकवादमा सरकार गयो भनेर आशंका फैलाउने काम भइरहेको भन्दै त्यस्तो हल्ला नफैलाउन चेतावनी समेत दिए । उहिले पनि अनेकथरीका हल्ला चलेका छन् । ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको छ । तर त्यो भ्रम मात्र हो’ प्रधानमन्त्री ओलीले भने ।