९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

दक्षिण कोरियामा शुरू भयो फाइब जी, फोर जी भन्दा २० गुणा तीव्र

दक्षिण कोरियामा शुरू भयो फाइब जी, फोर जी भन्दा २० गुणा तीव्र
अ अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ ।

पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ ।

नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ । कोरियाको यो पछिल्लो प्रविधि हालको चौंथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ ।

पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रुपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउने छ ।

एक अध्ययन अनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब ५ खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ ।

संयुक्तराज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महत्वपूर्ण सूचना संग्रह गर्ने अमेरिकी दाबी छ ।

तर, चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ ।

कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस १० स्मार्टफोन सार्वजनिक गरेको छ ।

दुई सातापछि नै एलजीले पनि भी५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ । यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के।टी। कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताएका छन् ।

कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन । अमेरिकामा पनि केही ससाना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाइफाईबाट मात्र उपलब्ध हुन्छ ।

कतारको टेलिकम कम्पनी उरेडूले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइब–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ ।

अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी सहरहरु सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ । यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दा बढी सहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइब–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्स अघि नै फाइब–जी सेवा पूर्ण रुपमा उपलब्ध गराउने जापानको तयारी छ ।एएफपी