९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

प्रदेश २ सरकारले हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने

प्रदेश २ सरकारले हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने
अ अ+ अ-

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले वारा र पर्सा हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्र बनादिने घोषणा गरेका हुन् ।

अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।
उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए

हुरीबाट बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको छ ।

यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।

हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ ।

पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिररमस्जिद पनि भत्किएका छन् ।