२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक दिन १० बालबालिका शोषणमा



अ+ अ-

इस्लामाबाद । पाकिस्तानमा सन् २०१७ भन्दा २०१८ मा ११ प्रतिशतका दरले बाल शोषण बढेको एक रिपोर्ट सार्वजनिक भएको छ । साहिल नामको एक गैरसरकारी संस्थाका अनुसार हरेक दिन पाकिस्तानमा १० जना भन्दा धेरै बालबालिका शोषणका कुनै न कुनै तरिकाबाट प्रताडित हुन्छन् ।

बुधबार सार्वजनिक उक्त रिपोर्टका आधारमा जम्मा ३ हजार ८ सय ३२ पीडितमध्ये ५५ प्रतिशत बालिका थिए । बाँकी ४५ प्रतिशत बालक रहेको खुलेको छ ।

ती घटनामध्ये ९ सय २३ घटना त अपहरणपछि भएको बताइएको छ । ५ सय ३७ चाहिँ बलात्कारका घटना रहेको खुलेको छ ।

साथै १ सय ५६ घटना सामुहिक बलात्कार र ९९ घटना बालविवाह जस्ता घटना रिपोर्टमा सार्वजनिक भएको छ । सन् २०१८ मा भने यस्ता घटना झनै बढेको रिपोर्टले जनाएको छ । २०१७ को तुलनामा बलात्कारका घटना १५ प्रतिशतका दरले बढेको रिपोर्टमा छ ।