९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

आईपीएल : अपराजित टिम चेन्नईले मुम्बईको सामना गर्दै

आईपीएल : अपराजित टिम चेन्नईले मुम्बईको सामना गर्दै
अ अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै छन् । चेन्नई जारी आईपीएलमा अपराजित टिम हो भने मुम्बईले एक खेलमा मात्रै जित हात पारेको छ ।

गएको संस्करणको उपाधि विजेता चेन्नाई बुधबारको खेल पनि जित्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुने छ । मुम्बई पछिल्लो खेलमा पञ्जाबसँग पराजित भएको थियो ।

चेन्नईको फर्म उत्कृष्ट रहेको छ । पछिल्लो खेलमा खराब शुरुआत गरे पनि कप्तान महेन्द्रसिंह धोनीले टिमको संकट मोचन गरेका थिए । उनकै ब्याटबाट बनेको रनकै कारण चेन्नाई विजयी हुन सफल भएको थियो ।

चेन्नाईमा धोनीका साथै अल राउण्डर शेन वाट्सन, सुरेश रैना, केदार जाधव र अम्बाती रायडू जस्ता ब्याट्सम्यान छन् ।
यसैगरी डुवान ब्रावो, रविन्द्र जड्जा जस्ता बलर छन् भने वाट्सनले पनि बलिङमा जतिबेला पनि उत्कृष्ट प्रदर्शन गर्ने दक्षता राख्छन् । यसैगरी हरभजन सिंहलाई बुधबार खेलाउने सम्भावना पनि रहेको छ ।

उता मुम्बईको टिममा अझै तालमेल देखिएको छैन । क्वीन्टन डी ककको ब्याटबाट रन बने पनि रोहित शर्मा र किरन पोलार्डले रन बनाउन सकेका छैनन् ।

युवराज सिंहले ब्याट् केही हदसम्म खोले पनि धेरैबेर विकेटमा भने टिक्न सकेका छैनन् । बुधबारको खेलमा लासिथ मालिंगालाई बाहिर राखेर बेन कटिंगलाई खेलाउन सम्भावना रहेको छ ।

उक्त खेल नेपाली समय अनुसार राति सवा ८ बजे वान डे स्टेडियममा हुँदैछ ।