१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

भीआईपीका पछुवा सशस्त्र प्रहरी

भीआईपीका पछुवा सशस्त्र प्रहरी
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैं हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन।

भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन्। भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ। यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ। राज्यले अन्य भीभीआईपीलाई उपलब्ध गराएको यस्ता सुरक्षा विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले भीभीआईपीका नाममा सुरक्षाकर्मी नखटाउन माग गरेका छन्।

पूर्वविशिष्टका नाममा सशस्त्रका तीन सय हाराहारीमा सुरक्षाकर्मी खटिएका छन्। ती सुरक्षाकर्मीले २८ वटा सवारीसाधन प्रयोग गरिरहेका छन्। सशस्त्र प्रहरी बलले भीभीआईपी सुरक्षामा खटिँदा अन्य काममा असर पर्ने र गाडी अभाव भएको गुनासो गृह मन्त्रालयसमक्ष गर्दै आएको छ।

नेताका पछुवामा प्रयोग हुने गाडीको इन्धनदेखि मर्मतसम्म सशस्त्र प्रहरी बलको बजेटबाट खर्च हुन्छ। भीभीआईपीका ‘मुभमेन्ट’ धेरै हुने भएकाले खर्च ज्यादा हुने गरेको सशस्त्रका अधिकारी बताउँछन्।

नेताहरूको सुरक्षा दिनैपर्ने भए दुईजना सशस्त्र प्रहरी नेताको पछाडिको सिटमा बस्ने गरी एउटै गाडीको मात्र व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिइएको छ। रुसमा भीभीआईपीका विषयमा यस्तै विरोध भएपछि सबैले एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। त्यहाँ भीभीआईपीले पनि ट्राफिक निमय पालना गर्नुपर्छ। नेपालमा भने भीभीआईपीलाई ट्राफिक नियम लाग्दैन।

सशस्त्रका एक वरिष्ठ अधिकारीले भने, ‘बोल्न हुन्न, बोल्यो कि पोल्छ। यस्तै धारणा राख्दा जापानी स्वयंसेवक ट्राफिकलाई नेपालबाट केही फिर्ता पठाएको हामीले बिर्सेका छैनौं। हाम्रा नेता बलिया छन्।’

सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्रोतका अनुसार सशस्त्रका धेरै सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन्। दाहाल आफैंले सुरक्षा माग गरेकाले उनको निवास र सवारीमा गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५० जना सशस्त्र प्रहरी खटिएका छन्।

कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवास र सवारीमा प्रहरी निरीक्षककै कमान्डमा २७ जना, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवास र सवारीमा सईको कमान्डमा १३ जना खटिएका छन्। यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास र सवारीमा १३ जना, माधव नेपालको निवास र सवारीमा १० जना, बाबुराम भट्टराईको निवासमा १० जना खटिँदै आएका छन्।

पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वरक्षामन्त्री, पूर्वमन्त्री, पूर्वगृहसविच, पूर्वराजा र राजपरिवारलगायतले सशस्त्र प्रहरी निवासमा राख्ने गरेका छन्। गृह स्रोतका अनुसार विभिन्न पदका ६९ व्यक्तिका सुरक्षा र निवासमा चार सय ६९ सशस्त्र प्रहरी खटिएका छन्। त्यसैगरी २२ जनाले सशस्त्रको सवारीसाधनसमेत लिएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।