१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

प्रहरीले आफ्नो ज्यानमाथि पटक पटक धावा बोल्यो : सांसद सिलवाल

प्रहरीले आफ्नो ज्यानमाथि पटक पटक धावा बोल्यो : सांसद सिलवाल
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन्।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उनले अहिलेको कामचलाउ सरकारको इशारामा प्रहरीले आफ्नो ज्यानमाथि पटक पटक धावा बोलको आरोप लगाएका हुन्।

आइजिपी नियुक्ति प्रकरणमा कार्यसम्पादन मूल्यांकनको कीर्ते कागजात पेश गरेको आरोप लागेका सिलवालले आफूले कुनै पनि कीर्ते काजगत पेश नगरेको प्रेस विज्ञप्ती उल्लेख गरेका छन्।

विज्ञप्तीमा उनले भनेका छन्, ‘केही समययता म र ममात्र संलग्न छु जस्तो अर्थ लाग्ने गरी प्रायोजित प्रकृतिको प्रचार जसरी भइरहेको छ, त्यो नियोजित, बद्नियतपूर्ण र मेरो सार्वजनिक जीवनलाई समाप्त गर्ने दुराशयवस गराइएको तथ्य छर्लङ्गै छ ।

किनभने नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्बद्ध गोप्य दस्तावेजहरूमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनाबद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले कीर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध विभिन्न प्रपञ्च तथा तिकडम गरी आफ्नो करिएरलाई समाप्त पार्न खोजेको गरेको आरोप लगाएका छन् । ‘यस्तो कीर्ते र जालसाजी गरी मेरा विरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौँ प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन् ।

गत निर्वाचनमा पराजित भएपछि यो जनमत गुमाएको कामचलाउ सरकारले जसरी आफू सत्ताबाट बाहिरिनुअघि नै मेरो करिएरलाई समाप्त पार्ने र सकेसम्म बदनाम गर्ने अधैर्य व्यवहार देखाएकोछ, त्यसबाट यस्ता कुकृत्यमा संलग्नहरूको निन्द्रा र भोक हराएको बुझ्न अप्ठ्यारो छैन् ।

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकोले प्रतिसोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।’ विज्ञप्तीमा भनिएको छ।
आइजिपी नियुक्ति प्रकरणका दोषीहरूलाई कारवाही गर्नुपर्ने माग गर्दै उनले भनेका छन्, ‘महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निश्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारवाही हुनु आवश्यक छ। जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ त्यसको अन्त्य हुुनुपर्दछ र निस्पक्ष निकायबाट भोलि हुने अनुसन्धानलाई एटाटा निस्कर्षमा पुर्याउन सबै प्रकारले सहयोग गर्न म तयार छु। नागरिक दैनिकमा खबर छ ।