१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु



अ+ अ-

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् ।

उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।

भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।