९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

धुलामे बन्दै चाबहिल–साँखु सडकखण्ड

धुलामे बन्दै चाबहिल–साँखु सडकखण्ड
अ अ+ अ-

साँखु । निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ ।

निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो दयनीय अवस्थाका कारण सर्वसाधण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् ।

बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो । त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन् । बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन । यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उहाँ व्यस्त देखिन्थे ।

सिटी फुक्दै अटेर गरेर बस्ने ठूला बसलाई धपाउँदैमा दाहाल चर्का स्वरमा जान आग्रह गर्नुहुन्थ्यो तर कतिले अटेर गर्थे भने कति सजिलै बाटो लाग्थे । दाहाल भन्नुहुन्छ, “सडक निर्माणका लागि ल्याएको गिट्टी सडकको बीच भागमा राखेकाले सवारी जाम हुने गरेको छ । जामलाई हटाउन सिटी बजाउनुपर्ने हुन्छ, हरेकपटक सिटी बजाउन ‘मास्क’ खोल्नुपर्दा धुलोधुवाँबाट समेत बच्न सकिँदैन ।”

दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्छन्, “बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौँ । एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदाकराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जीलगायत फोक्सोसम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनुपरेको छ ।”

सापकोटाका अनुसार बौद्ध मातहतमा ४२ ट्राफिक प्रहरी कार्यरत छन् । कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलोको मुख्य मारमा परेका छन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन ।

सडको छिटो काम सकिए पनि ठूलो समस्याबाट मुक्ति मिल्ने बौद्धका ट्राफिक प्रहरी चतेन्द्रराज श्रेष्ठ बताउनुहुन्छ । अहिले जोरपाटीको ओरालोमा त १० मिनेट पनि बस्न सक्ने अवस्था नभएको उहाँले सुनाए ।

विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, “मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।” समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ ।

धुवाँ र धुलोबाट आक्रान्त भएका ट्राफिक प्रहरी दिनरात नभनी २० घण्टा ड्युटी गर्ने गर्दछन् । कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ । धुलोका कारण सबैभन्दा बढी बिरामी हुने गरेको ट्राफिक प्रहरी हवल्दार बालकृष्ण पन्त बताउँछन् । दैनिक बिहान बेलुकाको धुलोमा गर्नुपरेको ड्युटीले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोका कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

बन्दै गरेको सडकको बीच भागमै निर्माण साम्रगी राख्नाले पनि सवारी साधनलाई निरन्तर ‘पास’ गराउन समस्या हुन्छ । “ठेकेदारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएँ तर उनीहरु सुने नसुनेझैँ गर्छन्”, बौद्धका ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने, “धुलो, धुवाँ र हिलो खाँदै सडकमा काम गरिरहेका छौँ ।” सरकारले ट्राफिकलाई वर्षमा दुई जोर कपडा दिन्छ । सरकारले दिएको कपडा छ महीना टिक्दैन भने एकजोर बुट बढीमा तीन महीना नखप्ने ट्राफिक प्रहरीको गुनासो छ ।

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।