७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरमाथि चण्डाल !, प्रहरीलाई प्रहरीले नै सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । प्रदेश २ का प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आज सार्वजनिक गर्ने भएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो ।

१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।

स्रोतका अनुसार एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।

लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा