१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले भने : म पार्टीको महाधिवेशन गर्दिन, दम भए गरेर देखाउ



अ+ अ-

विरानगर । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती दिएका छन् । उनले विधान अनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै भएको कारण महाधिवेशन नडाक्ने प्रष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । देउवलो भने ‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु, यदि कसैले महाधिवेशन गरेर देखाउछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’

सभापति देउवाले पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दावी गरेका छन् । तर उनले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति भने असन्तुष्टि जनाएका छन् ।

सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले बताए ।




भर्खरै