१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी कानुनमा कठोर बन्दै राज्य, यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने



अ+ अ-

ब्रुनाई । दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाईले समलिंगीहरुलाई लक्षित गरेर नयाँ इस्लामिक कानुन बनाएको छ । इस्लामिक कानुन कानुन अनुसार अब समलिंगी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने छ ।

चौतर्फी आलोचनाका बाबजुद पहिलो पटक २०१४ मा सरिया कानुन घोषणा गर्दै द्वैधकानुन लागू गरिएको थियो । जसअनुसार सरिया र सामान्य गरी २ खालका कानुन लागू छन् । यसअनुसार पछिल्लो चरणमा यो कानुन लागू गरिएको हो ।

बुधबार सार्वजनिक रूपमा सम्बोधन गर्दै सुल्तान हस्सनल बोल्कियाहले थप कडा इस्लामिक कानुन लगाउने बताएका थिए ।‘म यस देशमा इस्लामिक शिक्षा थप मजबुत भएको देख्न चाहन्छु,’ उनले भनेका छन् । ब्रुनाईमा समलैंगिकता पहिलेदेखि नै प्रतिबन्धित छ ।

ब्रुनाईमा बनेको यस कानूनमा अभियुक्तले अपराध स्वीकारेमा या समलिंगी सम्बन्ध कायम गर्दागर्दै रंगेहात समातिएमा यस्तो सजाय दिने प्रावधान राखिएको हो  ।यस्तो सम्बन्ध कायम भएको पाइए १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान यसअघि नै छ ।

यो कानुन सामान्यतः मुस्लिम समुदायमा लागू गरिने जनाइएको छ । तर अपवादमा भने अन्य समुदाय पनि कारबाहीको दायरामा आउने जनाइएको छ । यो कानुनको अन्तर्राष्ट्रिय रूपमा विरोध गरिएको छ ।

संयुक्त राष्ट्रसंघले यो कानुनलाई त्रूर, अमानवीय र अपमानजनक भनेको छ । यस्तै, अमेरिका, फ्रान्स र अस्ट्रेलियाले पनि यसको विरोध गरेका छन् ।