७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको निर्णय : सवारी करमा बृद्धि



अ+ अ-

काठमाडौँ । अब सडक प्रयोग गरेबापत सावारी धनिले थप कर तिर्नु पर्ने भएको छ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले सवारी करमा बृद्धि गर्ने निर्णय गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको छ । अबदेखि टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने बताए ।

यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटो बनाउन धादिङको धुनेबेसीमा रहेको ० दशमलब १७ हेक्टर बन फडानी गर्ने निर्णय पनि गरेको छ ।