७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को एसईई : केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध



अ+ अ-

महोत्तरी । प्रदेश २ को एसईईमा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि आज बसेको शिक्षा विकास निर्देशनालयको बैठकले उक्त निर्णय गरेको हो ।

विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माका अनुसार मोवाइलको दुरुपोग भएको भन्दै यस्तो निर्णय गरिएको हो ।


शर्माले भने “बिहीबारबसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको छ ” ।

शर्माका अनुसार केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न दिइने छैन् ।केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

बैठकमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।स्थगित भएको परीक्षा २२ गते बिहान ८ बजेदेखि हुँदैछ ।