६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी समातियो ६ किलो सुन, ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो ।

पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले समाचारपत्रलाई दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।