१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत जुटाउन ‘एक कप चिया’ अभियान



अ+ अ-

धनगढी । बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सी–टेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो ९ चिया । त्यहाँ बसेकाहरुले पार्कमोड हिँड्नेलाई चिया खान आग्रह गरिरहेका थिए ।

चिया पिउने जम्मा हुने भएका थिए–रिक्सा चालक, राजनीतिकर्मी, व्यापारी, सर्वसाधारणलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरु । कार्यक्रमको नाम थियो–बारा, पर्साका हावाहुरी पीडितहरुका लागि सहयोगार्थ एक कप चिया अभियान ।

तीन दिनअघि रोटरी क्लब अफ धनगढीले हावाहुरीबाट घाइते भएकाका लागि पार्कमोडमा रक्तदान कार्यक्रम गरेको थियो । हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड, कैलाली उद्योग वाणिज्य संघले ३५ हजार तथा धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।