१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ



अ+ अ-

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीय बालिकालाई घरभित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पोखरेलले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।