१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन करोडको प्लान्ट जडान गरेको दुई दिनमा नै बिग्रियो



अ+ अ-

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरिएको देखिएकाले प्रधामन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए ।

प्रतिष्ठानका अनुसार ३ करोड २५ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ । जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।