१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले तोक्यो निजी विद्यालयको शुल्क



अ+ अ-

काठमाडौं । राजधानीका निजी विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि काठमाडौं महानगरले मंगलबार अधिकतम शुल्क निर्धारण गरेको छ । विगत दुई वर्षदेखिको शुल्क समायोजन गर्दै महानगरपालिकाले अधिकतम शुल्क तोकेको हो ।

समाचारको अनुसार, कक्षा १ देखि ५ सम्म ‘क’ वर्गका विद्यालयका लागि २ हजार ८१२ रुपैयाँ, ‘ख’ वर्गका विद्यालयका लागि २ हजार ४१८, ‘ग’ वर्गका लागि २ हजार २४ र ‘घ’ वर्गका विद्यालयका लागि एक हजार ६३० रुपैयाँ अधिकतम शुल्क कायम गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम् शुल्क १ हजार ९०१ रुपैयाँ, ‘ग’ वर्गका लागि २ हजार ३५१, ‘ख’ वर्गका लागि २ हजार ८०१ र ‘क’ वर्गका विद्यालयका लागि ३ हजार २५१ रुपैयाँ कायम गरिएको छ । यसअघि क्रमशः १ हजार ३५०स १ हजार ८ सय, २ हजार २५० र २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले २ हजार ५३७ रुपैयाँ अधिकतम शुल्क लिन पाउने खबर आजको राजधानी दैनिकले छापेको छ ।