१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै परिवारका चार भाइ प्रकाउ



अ+ अ-

काठमाडौं । उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।

उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् ।

परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए । उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो । जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् । एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’ नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।