१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेट एयरवेजको काठमाडौं सेवा बन्द हुने



अ+ अ-

काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ । आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।