• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, ट्रिपरमा आगजनी



नुवाकोट । नुवाकोटमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार विहान गंगटेबाट आउदै गरेको ट्रिपर र बिपरित दिशाबाट आईरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । टिफर चालक फरार रहेको प्रहरीले जनाएको छ ।