१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी १४ वर्षीय बालक जसले फिर्ता गरे बाटोमा भेट्टाएको १ लाख रुपैयाँ



अ+ अ-

काठमाडौ‌ं । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन्।

उक्त रकम नवलपुर निवासी नथुनी साहको रहेको र उनले शनिबार पैसा फिर्ता पाएका हुन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यनले शुक्रबार दिउँसो रकम भेट्टाएका थिए। भेट्ने बित्तिकै आर्यनले बुबा अजयलाई लगेर दिएका थिए।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

उक्त भेटिएको रकम नथुनी साहको भएको पुष्टि भएपछि फिर्ता गरिएको प्रहरीले जनाएको छ। नथुनीले आफूले किनेको जग्गाधनीलाई दिन आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जाने क्रममा एक लाखको बण्डल बाटैमा खसालेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।