• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

गोरखामा २६२ जना नक्कली भूकम्पपीडित



गोरखा । राष्ट्रिय पुननिर्माण प्राधिकरणले नक्कली भूकम्पपीडित बनेर अनुदानको रकम लिने गोरखाका २६२ जनालाई लाभग्राही सूचीबाट हटाउने भएको छ ।

जिल्ला आयोजना कार्यान्यवन इकाइका प्रमुख रामशरण आचार्यका अनुसार दोहोरो नाम परेका र मृत्यु भइसकेका लाभग्राहीको नाम सूचीबाट हटाउन प्राधिकरणलाई पत्राचार गरिएको छ ।

मृत्यु भइसकेका र दोहोरो परेकाहरुको स्थानीय तहको सहयोगमा पहिचान गर्ने काम भइरहेको पनि उनले बताए ।