• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार



बिर्तामोड । थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय पसल सञ्चालक ४० वर्षीय प्रकाश तोलाङ् रहेका छन् ।

सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी बालिकालाई तोलाङ्ले काखमा राखेर योनाङ्गभित्र औला हालेको बालिकाले राती सुत्ने समयमा उनकी आमालाई बताएपछि सो रहस्य बाहिर आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख (डिएसपी) सुवास खड्काले बताए।

तोलाङलाई प्रहरीले सोमबार राति नै नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए।