१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ दिनभित्र ३९ अर्ब लाभकर तिर्न एनसेललाई पत्र



अ+ अ-

काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ ।

एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो ।

सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र तिर्न भनेको हो ।

सर्वोच्च अदालतले गत माघमा एनसेललाई कर तिराउन सरकारलाई आदेश दिएको थियो । सो फैसलाको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेललाई पत्र पठाएको हो ।

एनसेल खरिद विक्री भएको मुल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभकर तोक्न र तीन महिनाभित्र उठाउन सरकारलाई सर्वोच्चले आदेश दिएको थियो ।

त्यसबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण हुने ठहर भएको थियो । विभागले भने कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

त्यसमध्ये एनसेलले खरिदबिक्रीबापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ यसअघि नै कर तिरेको थियो भने २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ विलम्ब शुल्कवापत पनि भुक्तान गरेको थियो ।

अब ६२ अर्बमध्ये बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ एनसेलले सात दिनभित्रै तिर्नुपर्ने भएको हो । राजधानीबाट