१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ करोड १९ लाख बोलपत्रबिनै खरिद



अ+ अ-

काठमाडौं । सरकारी विकास मन्त्रालयअन्तर्गतका विभिन्न ६ वटा कार्यालयमा झन्डै डेढ अर्बबराबरको रकममा कर बीजक नै जारी नगरी भुक्तानी भएको पाइएको छ । ती कार्यालयले नाली निर्माण, सडक स्तरोन्नति, रिटेनिङ वाल र पार्क निर्माण जस्ता सार्वजनिक निर्माण कार्यमा ३ सय २६ वटा गैरसरकारी संस्थाबाट सिधैं गराई १ अर्ब २७ करोड ११ लाख भुक्तानी गरेको र ती संस्थाले कर बीजकसमेत जारी नगरेको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयले नियमविपरीतको त्यस कार्यको छानबिन गर्न सुझाव दिएको छ । महालेखाले गैरसरकारी संस्थाबाट कार्य गराई खर्च लेख्ने सम्बन्धित पदाधिकारीलाई जिम्मेवारी बनाउन र त्यस्ता कार्य नियन्त्रण गर्न पनि सुझाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४६ मा जनचेतनासम्बन्धी तालिम, अभिमुखीकरण, सबलीकरण, मूल प्रवाहीकरण जस्ता कार्य गैरसरकारी संस्थाबाट गराउँदा छिटोछरितो, प्रभावकारी र मितव्ययी हुने भएमा त्यस्तो कार्य गैरसरकारी संस्थाबाट गराउन सक्ने व्यवस्था छ । मन्त्रालयअन्तर्गतका ती निकायले विकास निर्माणसम्बन्धी कार्य गैरसरकारी संस्थाबाट गराएका हुन् भने कर बीजकसमेत जारी नगरेका हुन् । यो खबर आजको नेपाल साचारपत्रले छापेको छ ।