१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे २३ लाख ठगी गर्ने इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु



अ+ अ-

काठमाडौं । खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्सपेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट तानिएका इन्सपेक्छर दिनेश भण्डारीलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीले कारबही प्रक्रिया अघि बढाएको हो ।

भण्डारीले २ महिलाको साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै भण्डारीले मोरङकी कमला खरेल भण्डारी र उनकी बहिनी पद्मा खरेलसँग पैसा लिएको प्रहरीको भनाई छ ।

पछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसपी श्याम ज्ञवालीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । उनलाई तत्कालै महाराजगञ्ज वृत्तबाट सरुवा गरिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।