१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमको मासिक नाफा ६० करोड, अन्तर्राष्ट्रिय बजारमा थपघट हुने



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ ।

इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ ।

निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्ता मूल्य कायम गर्नुपर्छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टितेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनमा ५१ रुपैयाँ ८३ पैसा नाफा गरिरहेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।