१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीको नागरिकता खारेज गर्न माग



अ+ अ-

काठमाडौं । अमेठीका रिटर्निङ्ग अफिसर राम मनोहरले कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकनको जाँचलाई २२ अप्रिलसम्म स्थगित गर्न आदेश दिएका छन् । एक निर्दलीय उम्मेदवार ध्रुव लालले राहुल गान्धीको नामाङ्कन सम्बन्धी जानकारीहरुलाई लिएर गुनासो दर्ता गराएका थिए । ध्रुव लालका वकिल रवि प्रकाशले भने कि उनले तीन बिन्दूहरुको आधारमा यो आपत्ति जनाएका छन् ।

एएनआईको रिपोर्टका अनुसार रवि प्रकाशले भनेका छन् कि, ‘राहुल गान्धी ब्रिटेनको एक कम्पनीसँग जोडिएका छन् र यस कम्पनीलाई दिइएको जानकारी अनुसार राहुल गान्धीले आफूलाई ब्रिटेनको नागरिक बताएका छन्।’ उनले भने कि जनताको प्रतिनिधित्व अधिनियमका अनुसार विदेशी नागरिक भारतमा चुनाव लड्न सक्दैन ।

प्रकाशले भने, ‘केको आधारमा राहुल गान्धीले आफूलाई ब्रिटेनको नागरिक बताए रु र यस्तो गर्नको लागि उनीसँग भारतीय नागरिकता राख्ने के अधिकार छ रु हामीले रिटर्निङ्ग अफिससँग अनुरोध गरेका छौं । यो मामलाको स्पष्ट नभएसम्म राहुल गान्धीको नामाङ्कन स्वीकार नगरियोस्।’

वकिलले यो पनि भनेका छन् कि राहुल गान्धीले आफ्नो २००३ देखि २००९ सम्मको बीचमा यूकेमा रहेको सम्पत्तिहरुको विषयलाई लिएर कुनै जानकारी दिएका छैनन् । राहुल गान्धीको शैक्षणिक योग्यतामाथि समेत सवाल उठाउँदै रवि प्रकाशले भने, ‘राहुल गान्धीको योग्यता उनको दस्तावेजहरुमा उल्लेख योग्यतासँग मेल खाँदैनन् । कैयौं दस्तावेजहरुमा उनको नाम राहुल विन्सी बताइएको छ । जब कैयौं दस्तावेजहरुमा उनको नाम राहुल गान्धी पनि छ । हामी सोध्न चाहन्छौं कि के राहुल गान्धी र राहुल विन्सी एकै व्यक्ति हुन् रु यस बारेमा स्पष्टीकरण दिनु जरूरी छ।’ राहुल गान्धीको नामाङ्कनमाथि सवाल उठेपछि बीजेपीसमेत उनी विरुद्ध आक्रामक बनेको छ । प्रेस कन्फ्रेन्स गर्दै पार्टीले समेत राहुल गान्धीको नागरिकताको सवाल खडा गरिएको हो ।