१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धी भन्छन् : मोदीलाई जेल हाल्न सकिन्छ



अ+ अ-

काठमाडौं । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले राफेल काण्डमा प्रधानमन्त्री नरेन्द्र मोदी जेल जान सक्ने बताएका छन् ।

हिन्दुस्तान टाइम्ससँग शुक्रबार सुरतमा कुराकानी गर्दै राहुलले भने, ‘हिन्दु पत्रिकामा राफेलसँग सम्बन्धित जुन दस्तावेज छापिएको छ, त्यसबाट स्पष्ट हुन्छ कि नरेन्द्र मोदीले भारतको नेगोसिएशन टिमलाई बाइपास गरेर राफेलको मोलमोलाइ सीधै द साल्ट कम्पनीसँग गरेका थिए । यिनै कागजातको आधारमा नरेन्द्र मोदी जेल जान सक्छन् ।’

राहुल अगाडि भन्छन्, ‘बाइपास गर्नुमा कुनै न कुनै कारण त होला । एउटै कारण हुनसक्छ भ्रष्टाचार । मोदीले ति कागजातका बारेमा अझैसम्म केही बोलेका पनि छैनन् ।’