१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : ३२ अंकले बढ्यो, १ अर्ब बढीको कारोबार



अ+ अ-

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार शेयर बजार झण्डै ३२ अंकले बढेको छ । आज नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ ।

आइतबार १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बैँक समूहको परिसूचक झण्डै ४६ अंकले बढेको छ । यस्तै, होटल समूह झण्डै ३५, लघुवित्त झण्डै २७, जीवन बीमा २२, विकास बैंक झण्डै १७, अन्य समूह झण्डै १० अंकले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी उत्पादन समूह झण्डै १२ अंक र निर्जीवन बीमा समूह ७ अंक भन्दा बढीले घटेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र स्वदेशी लघुवित्त कम्पनीका लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत नाफा कमाएका छन् भने नेपाल बैक लिमिटेडको शेयर १४ करोड, ८० लाखभन्दा धेरैको कारोबार भएको छ ।