१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते आरोपमा राजपा नेता यादव र मण्डल पक्राउ



अ+ अ-

राजविराज । सरकारी कागजात र छाप किर्ते गरी उपभोक्ता समिति बनाएर सरकारी बजेट हिनामिना गरेको आरोपमा पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त प्रमाणका आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको एसपी राजेन्द्र विष्टले दावी गरेका छन् ।

प्रारम्भिक अनुसन्धान क्रममा यादव र मण्डलको संलग्नता देखिएपछि दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पक्राउ गरिएका दुवै जनालाई बिहीबारै जिल्ला अदालतबाट सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा म्याद थप गरिएको छ ।

यो पनि


http://newspolar.com/2019/04/87032