१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध ४५ हजार कर्मचारीको गुनासो



अ+ अ-

काठमाडौं । सरकारले गरेको कर्मचारी समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् ।

वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ । मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन-तीन जना जना गरी ६ जना कर्मचारी राखिएको छ ।

गुनासो दर्ता गर्ने समयावधि यही वैशाख ५ गते बिहीबार सकिएको छ । चित्त नबुझेका विषयमा इमेल तथा भाइबरमार्फत पनि गुनासो दर्ता गरिएको थियो । मन्त्रालयमा आफै उपस्थित भई बुझाउन नसक्ने अवस्थामा इमेल तथा भाइवरमा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले बताएको नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।