१३ असार २०८३, शनिबार
,
Latest
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माणको चार वर्षको उपलब्धी : ५१ प्रतिशत खर्च, ३२ प्रतिशत काम



अ+ अ-

काठमाडौं । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जम्मा ३२ प्रतिशत मात्र उपलब्धी देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार प्राधिकरण गठनपछिको ४० महिनाको प्रगति सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।

भूकम्पपछिको चार वर्षमा ३२।११ प्रतिशत मात्र प्रगति भएको छ। खर्चतर्फ भने कुल सुरुको लागत अनुमान ९ खर्ब ३८ अर्बको २५।२६ प्रतिशत तथा हालसम्म विनियोजित बजेटमध्ये ५१ प्रतिशत खर्च भएको छ।

हाल प्राधिकरणले कुल लागत अनुमान संशोधन गरेर ७ खर्ब ३७ अर्ब लाग्ने उल्लेख गरेको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।