१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दासमेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ ।

राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो । प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेका थिए । यो समाचार नागरिक दैनिकबाट लिइएको हो।