१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत्तिले डोर्‍याएको विकास : बदलियो बारपाक



अ+ अ-

गोरखा । भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् ।

पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन् । यो भूकम्पले ल्याएको अवसर हो ।
सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन् । कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ ।

कालोपत्रे गर्ने ठेक्का भइसक्यो। सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ । खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ । आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत् ध्वस्त भयो । गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए । संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिएको नागरिक दैनिकमा खबर छ ।