१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलका सांसद नै कांग्रेसमा प्रवेश



अ+ अ-

काठमाडौं । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद पार्टीमा प्रवेश गरेका छन्।
भाजपाका सांसद उदित राजलाई काङ्ग्रेस अध्यक्ष राहुल गान्धीले भित्र्याएका हुन्।

उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेखेका छन्, ‘आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु।’ काङ्ग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ।

दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ। दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गरेका थिए।

भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ। सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ।